राजपुत समाजको स्मारिका प्रकाशन गरिने।
स्मारिका; कुनै वस्तु, व्यक्ति, घटना वा समारोहको स्मृति संरक्षण गर्ने वर्णनात्मक सचित्र पुस्तक हो स्मारिका ।
कुनै घटना वा चीजको स्मृति जोगाउनको लागि बनाइएको वा दिइएको वस्तु; चिन्ह; यादगारको रुपमा पनि यसको प्रयोग भएको देखिन्छ ।
राजपुत समाज नेपालको ५औं वार्षिकाेत्सवकाे अवसरमा समाजका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ। राजपुतको इतिहास, अन्दाज, व्यक्तित्व, ठाँउ, मठमन्दिर, किर्ती, कथा, कविता, फोटाे आदि सम्बन्धि लेख रचना पठाई सहयोग गरिदिनु हुन सम्पुर्ण राजपुत महानुभावहरुमा हार्दिक अनुरोध गर्द्छु ।
नोट :
– लेख रचना मिति २०८१ जेठ ३२ गते शुक्रवारसम्म पठाइ सक्नु पर्नेछ ।
– लेख रचना पठाउँदा सम्बन्धित फाेटाे संगै आफ्नो पासपोर्ट साइजको फाेटाे र सम्पर्क नम्बर पनि अनिवार्य पठाउनु होला।
– भाषा: नेपाली, मैथिली र अङ्ग्रेजीमा मात्र पठाउनु होला। हिन्दीमा पछी अनुवाद गरेर अर्को संस्करण छापिनेछ ।
राजपुत समाज नेपाल
Email:rajputsamajnpl@gmail.com


Leave a Reply