सर्लाही । २०८१ जेष्ठ १३, आइतवार
राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्ला भित्र कार्यक्षेत्र बिस्तार गर्ने क्रममा हथिऔल (बलरा नगरपालिका, वडा न. १ र २) मा गाऊँ कार्यसमिति गठन गरिएको छ। उक्त कार्यक्रममा वालेन्द्र प्रताप सिंहको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति तथा ६ सदस्यीय सल्लाहकार समिति निर्बिरोध गठन गरिएको छ ।
२०८१ साल जेष्ठ १२ गते शनिवार हथिऔलमा सम्पन्न उक्त कार्यक्रममा यस गाऊँका राजपूत समुदायका बुजुर्ग, समाजसेवी, राजनीतिकर्मी, अभिभावक, युवा लगायतका अधिकांशको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यसमिति गठन गरिनुका साथै समाजका बरिष्ठ ब्यक्तित्वहरुद्वारा सामाजिक उत्थान, कल्याण, एकता तथा आगामी कार्ययोजना सम्बन्धि छलफल पनि गरिएको थियो।
कार्यक्रमको अध्यक्षता सुदामाका बरिष्ठ समाजसेवी, सर्लाही जिल्ला कार्य समितिका सल्लाहकार जेष्ठ नागरिक तथा अग्रज सिताराम सिंहले गरेका थिए भने प्रमुख अतिथिको रुपमा बरिष्ठ समाजसेवी हथिऔल निवासी श्री कांशीकांत प्रसाद सिंह रहेका थिए । बिशिष्ट अतिथिकाे रुपमा राजपुत समाज सर्लाही शाखाका अध्यक्ष संतोष सिंह रहेका थिए ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीमध्ये अध्यक्षमा बलेन्द्र प्रताप सिंह,उपाध्यक्षमासन्तोष कुमार सिंह,सचिवमा बिबेक सिंह र कोषाध्यक्षमा अशोक सिंह चयन भएको हो । यसैगरी सदस्यहरुमा प्रेमभुषण कुमार सिंह, चंद्रशेखर सिंह, कुंदन कुमार सिंह, मुकेश कुमार सिंह , संतोष कुमार सिंह, सरोज कुमार सिंह र श्याम सिंह रहेका छन् । साथै सल्लाहकारहरू कांशीकांत प्रसाद सिंह, ललन प्रसाद सिंह, नवल किशोर सिंह , संतोष कुमार सिंह, रतिभान सिंह, रामनारायण सिंह रहेका छन् ।

Leave a Reply