२०८१ साउन ०७, सोमवार । काठमाडौं
राजपुत समाज नेपालले चौथो स्थापना दिवस सफलतापुर्वक काठमाडौंमा मनाएको छ ।
स्थापना दिवस समारोह समाजको उन्नति प्रगति र आपसी सद्भाव सौहार्दय तथा मेलमिलापको भावना र परम्परालाई निरन्तरता दिनको लागि मनाइने गरेको समाजका महासचिव संजीव सिंहले बताए ।काठमाडौंमा समाजको चौतर्फी विकास र सहकार्य एवम् २०८१ सालको कार्यक्रम विवरण सार्वजनिकिकरण संगै शिक्षा, स्वास्थ्य, कला, खेलकुद र रोजगारीमा टेवा पुर्याउने समाजले अठोट गरेको समाजका अध्यक्ष विजय कुमार सिंहले जनाए । बेटी पढाउ दहेज हटाउ, सदस्यता र शाखा विस्तार, जनचेतनामूलक र सामाजिक कार्यमा जोड दिदै समाजको आफ्नै जग्गा र भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउने अभियानलाई साकार पार्न सम्पुर्ण राजपुत समुदाय लागि पर्ने सकारात्मक र आशालाग्दो सम्बन्धी उपलब्धिमुलक छलफल तथा भेटघाटका साथ सौहार्दयपुर्ण वातावरणमा स्थापना दिवस मनाइयो।
स्थापना दिवस समारोहमा समाजका अध्यक्ष बिजय कुमार सिंह, उपाध्यक्षद्वय रेणुका सिंह र उमेश कुमार सिंह, महासचिव संजीव सिंह, सचिव ध्रुवकुमार सिंह, कोषाध्यक्ष राकेश कुमार सिंह, सल्लाहकार अमरकिशोर सिंह, वरिष्ठ सदस्य शम्भुप्रसाद सिंह, ईश्वरचन्द्र सिंह, डा. राजकिशोर सिंह, ई. राजीव सिंह राजपुत सहितको उपस्थिति रहेको थियो ।
सदभाव, सहकार्य र सहयोगको भावले समुदायको संस्थागत र विधिवत स्थापना भएको दिनको स्मरणमा यो कार्यक्रम गरिएको र छिट्टै सम्मान तथा सम्वाद कार्यक्रम हुने जानकारी महासचिव सिंहले बताए। कार्यक्रममा डा. पल्लवी सिंह, रन्जिता सिंह, रिना सिंह ई. राम सिंह, ई. रन्जित कुमार सिंह, अमित कुमार सिंह, धनञ्जय कुमार सिंह, सत्यवान सिंह, सुधिर सिंह, अमित सिंह, शंकर सिंह, शितांशु कुमार सिंह सहितको उपस्थिति रहेको थियोे ।

Leave a Reply