मनराकट्टी, महोत्तरी । २०८१ जेष्ठ २१, सोमवार
नेपाली काँग्रेसका नेता स्वर्गीय सुरेन्द्रप्रसाद सिंहको शालिक निर्माण हुने भएको छ । स्व. सिंहको जन्मथलो महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ कट्टीमा आज एक समारोहका बीच शालिक निर्माणको शिलान्यास गरिएको छ ।
शालिक निर्माणको शिलान्यास स्व. सिंहको जेठाे सुपुत्र इन्जिनियर रंजितकुमार सिंहले गरेका थिए । रंजितकुमार पनि लामो समयदेखि काँग्रेसमा आवद्ध रहेका छन् र हाल नेपाल तरुण दलको केन्द्रिय सदस्य समेत हुन् । शालिकको निर्माण सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेसनद्वारा हुनेछ। उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मनरा शिसवा नगरपालिकाका मेयर, वडाध्यक्ष, परिवारका सदस्य लगायतको सहभागिता रहेको थियोे ।
सुरेन्द्रप्रसादको जिवनी:
साभ्रान्त क्षत्रिय परिवारमा जन्मेका नेता सिंह उजेन राजपुत हुन् भने उनको गोत्र सौनक रहेको छ । राजनीतिशास्त्रमा स्नातक गरेका नेता सिंह विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय रहदै आएका थिए । सार्थक परिवर्तनका संवाहक सिंहको स्वभाव सरल एवं व्यवहार अति नै मिलनसार थियो । राजनीतिक जीवनसंगै सामाजिक सुधार र सहयोगमा निरन्तर अग्रसर रहदै आएका सिंह युवा अवस्थामै नेपाली काँग्रेसबाट आफ्नो राजनीतिक सफरका शुरुवात गरेका थिए ।
नेपाली काँग्रेसको महोत्तरी जि.का.स.का पूर्व सचिब र पुर्व कर्यवाहक सभापति समेत रहेका सिंह नेपालको प्रथम संविधानसभा चुनावमा संबिधानसभा सदस्यका उम्मेदवार समेत रहेका थिए । नेता सिंह विगत ४० वर्षभन्दा बढी समय पार्टी र जनताकालागि होमिदै २०७७ कार्तिक २ गते यस संसारबाट सधैका लागि बिदा भए । काँग्रेस महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य रहेका थिए। हृदयघातका कारण असमायिक मृत्युवरण गरेका नेता सिंहको एक श्रीमती र तीन सुपुत्र रहेको छ ।

Leave a Reply