भावपुर्ण हार्दिक श्रद्धाञ्जली !
राजपुत समाज नेपालका हितैषी तथा समाजका अग्रज डा. रवीन्द्र प्रसाद सिंहको आज साँझ भएको असामयिक निधनप्रति समाज गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदानको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।
७० वर्षीय सिंह अत्यन्त लोकप्रिय, चर्चित एवम् प्रभावशाली चिकित्सकको रुपमा परिचित हुनुहुन्थ्यो । डा. सिंह विगतको दिनमा वीरगञ्जमा चिकित्सकको रुपमा कार्यरत हुनुहुन्थ्यो । डा. सिंह नेपाल राजपुत सेवा समाज वीरगञ्जको पुर्व अध्यक्ष तथा चिकित्सक संघ पर्साको पुर्व अध्यक्ष पनि हुनुहुन्थ्यो ।
उनको दाहसंस्कार भोलि बुधबार बिहान ०९:०० बजे वीरगञ्ज श्रीपुरमा स्थित अशोक बाटिकामा हुने जानकारी पनि गराउँदछु।
क्षत्रिय कुलमा जन्मिनु भएका सिंह परमार राजपुत, कौन्डिल्य गोत्रीय हुनुहुन्थ्यो । स्व. सिंह छतौना (हाल बलरा नगरपालिका, सर्लाही) निवासी हुनुहुन्थ्यो । स्वर्गीय सिंहको एक पुत्र प्रतीक सिंह परमार र एक पुत्री प्रेरणा सिंह गरि दुई सन्तान रहेको छ।
– राजपुत समाज नेपाल
केन्द्रिय कार्यालय, काठमाडौं ।

Leave a Reply