राजपुत समाजका अग्रज श्री सुरेन्द्र प्रसाद सिंहको असमायिक निधनप्रति समाज उनको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यसका साथै शोक सन्तप्त् परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना पनि गर्दछ ।
राजपुत समाजका सकृय शुभचिन्तक सिंह महोत्तरी जिल्ला जलेश्वर नगरपालिका फुलहट्टा निवासी हुन् । सिंह नेपाल प्रहरीका पुर्व प्रहरी निरीक्षक हुन्। सिंहका डा. अजित सिंह र सुजित सिंह गरि दुई सुपुत्र रहेका छन् । भारद्वाज गोत्रका सिंह करचोलिया राजपुत हुनुहुन्थ्यो ।
हिजो काठमाडौंमा निधन भएको सिंहको दाह संस्कार आज दिउँसो ११ बजे गृहनगर फुलहट्टामा हुने भएकोले सम्भव भए जति समाजका आदरणीय महानुभावहरुलाई अन्तिम विदाईमा सामेल भई भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नका लागि हार्दिक निवेदन समेत गर्दछ ।
<span;>- राजपुत समाज नेपाल
केन्द्रिय कार्यालय, काठमाडौं ।


Leave a Reply