राजपुत समाज नेपाल सर्लाही शाखाले सर्लाही जिल्लाभित्र कार्यक्षेत्र बिस्तार गर्ने क्रममा विष्णु नगरपालिकाको बारा बेलबा गाऊँ कार्यसमिति गठन गरेको छ । जितेन्द्र सिंहको अध्यक्षतामा ११ सदस्यीय गाऊँ कार्यसमिति गठन भएको हो ।
पटकपटकको बैठक लगायत पछिल्लो जेष्ठ २५ गतेको सम्मेलन मार्फत बाराबेलबामा गाउँ कार्यसमिति गठन गरेको छ ।कार्यक्रमको अध्यक्षता बाराका बरिष्ठ समाजसेवी एवम् पूर्व गाविस अध्यक्ष भोला सिंहले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ समाजसेवी बेलबा निवासी अरबिन्द कुमार सिंह रहेका थिए । उक्त कार्यक्रममा गाऊँका राजपुत समुदायका बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, अभिभावक, युवा, ब्यापारी, विद्यार्थी लगायतका अधिकांशको उल्लेख्य सहभागीता रहेको थियो ।
कार्यक्रममा कार्यसमिति गठन गरिनुका साथै समाजका बरिष्ठ ब्यक्तित्वहरु द्वारा सामाजिक उत्थान, कल्याण, एकता तथा आगामी कार्ययोजना सम्बन्धि छलफल पनि गरिएको थियो। कार्यक्रममा बिशेष अतिथिको रुपमा पत्रकार अजित सिंह र राजपुत समाज नेपाल सर्लाही शाखाका अध्यक्ष संतोष सिंह रहेका थिए ।
राजपुत समाज नेपालको बिधान अनुसार केन्द्रिय कार्यसमिति (केन्द्रस्तरमा), प्रदेश कार्यसमिति (प्रदेशस्तरमा), जिल्ला कार्यसमिति (जिल्लास्तरमा) तथा गाउँ र नगर कार्यसमिति (स्थानीय स्तरमा) गरि चार स्तरमा संगठनात्मक ढांचाको व्यवस्था रहेको छ । जसमा ११ सदस्यीय पदाधिकारीको व्यवस्था रहेको छ ।
राजपुत समाज नेपालको सर्लाही शाखा अन्तर्गत बारा बेलबा गाऊँ कार्यसमितिका नवनिर्वाचित पदाधिकारीमध्ये अध्यक्षमा जितेन्द्र सिंह, उपाध्यक्षमा निरज कुमार सिंह, सचिवमा बिजय सिंह, कोषाध्यक्षमा रौशन सिंह र सदस्यहरुमा देबेन्द्र सिंह, राहुल कुमार सिंह, शशि भूषण सिंह,राजेन्द्र सिंह, राजु सिंह, शिबेन्द्र सिंह, संजीव सिंह (रमण) चयन भएका हुन् । यसैगरी सल्लाहकारमा भोला सिंह र रामबाबू सिंह चयन भएका हुन् ।


Leave a Reply