राजपुत समाज नेपालद्वारा महाशिवरात्रीमा नि:शुल्क प्रसाद तथा स्वास्थ्य चेकजाँच र औषधी वितरण।

राजपुत समाज नेपालद्वारा महाशिवरात्रीमा नि:शुल्क प्रसाद तथा स्वास्थ्य चेकजाँच र औषधी वितरण।

संजीव सिंह । २०८० फाल्गुन २५, शुक्रवार

राजपुत समाज नेपालले महाशिवरात्रिको पावन अवसरमा दर्शनार्थी श्रद्धालु भक्तजनका लागि नि:शुल्क प्रसाद वितरण गरेको छ । यसैगरी नि:शुल्क स्वास्थ्य चेकजाँच र औषधी वितरण पनि गरेको छ ।

महाशिवरात्रीको अवसरमा पशुपति विकास क्षेत्र अन्तर्गत वनकालीमा अवस्थित हंसा मंडपमा श्रद्धालु भक्तजनका लागि राजपुत समाज नेपालद्वारा संचालित एक दिने कार्यक्रमले सामाजिक र मानवीय सेवाधर्ममा टेवा पुर्याउने हेतुले गरिएको जनाएको छ। सो कार्यक्रमको उद्घाटन समाजका वरिष्ठ सल्लाहकार एवम् राजनीतिज्ञ राम किशोर सिंह, अमर किशोर सिंह, उपाध्यक्ष उमेश सिंह, सचिव ध्रुबकुमार सिंह, कोषाध्यक्ष राकेश कुमार सिंह, सुनिल कुमार सिंह, शम्भु प्रसाद सिंह, सोनम सिंह, राम सिंह र कार्यक्रम संयोजक अमित कुमार सिंहले गरेका थिए ।

क्षत्रिय कुलमा जन्मेका राजपुत समाजको एकता, उन्नति र सहकार्यको भावना सहित श्रद्धालु भक्तजनको सेवामा समर्पित यो कार्यक्रम विगतको वर्षदेखि पशुपति क्षेत्रमा संचालन गरिदै आएको छ । कार्यक्रममा समाजका वरिष्ठ एवम् अग्रज व्यक्तित्व, महिला, युवा लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा प्रसादको रुपमा भक्तजनको लागि हलुवा, खीर र खानाको प्रबन्ध गरिएको थियोे ।करिब एकसय जना राजपुतको प्रत्यक्ष उपस्थितिमा कार्यक्रमको समायोजन गरिएको थियोे । प्रसाद मात्रै लगभग ३ हजार जनालाई वितरण गरिएको थियोे । यसका साथै दिनभर आउने श्रद्धालुलाई पानी पनि नि:शुल्क वितरण गरिएको थियो ।

नि:शुल्क स्वास्थ शिविर कार्यक्रम अन्तर्गत लगभग २ हजार जनालाई चेकजाँच गरिएको थियो । डा. सिके सिंहको नेतृत्वमा डा. अन्कित कुमार सिंह, डा. राकेश रोशन सिंह, डा. शैली सिंह, डा. शिवानी सिंह, डा. राजकुमार सिंह, डा. लोकेन्द्र थापा सहित ६ जना विषेशज्ञ चिकित्सकको टाेलिले सेवा पुर्याएका थिए । र त्यतिनै मात्रामा नर्सहरु खटिएको थियोे। नर्सहरुमा अस्मिता ठकुरी, रोशनी जोशी, विजया पोखरेल, रमिता मोक्तान आदि रहेका थिए । मास्क मात्रै ५ हजार थान भन्दा बढी वितरण गरिएको थियो । पारासिटामोल ३,००० ट्याबलेट, ओआरएस ४०० सहित अन्य औषधि पनि वितरण गरिएको थियोे ।

मानवीय मुल्य र मान्यताको जगमा रहेर सेवा तथा सहयोगको भावानालाई निरन्तरता दिदै राजपुत समाजले विगत दुई वर्षदेखि यो कार्यक्रम महाशिवरात्रिकाे अवसरमा गर्दै आएको छ । कार्यक्रममा आर्थिक, सामाजिक, भौतिक रुपमा सहयोग गर्ने सबैलाई समाजले धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रममा विशेष रुपमा सहयोग गर्ने मोनसन कुमार सिंह, धनन्ज्य सिंह, सुशील कुमार सिंह, विनोद कुमार सिंह, लालबाबू सिंह, पिन्टु सिंह, सितान्शु सिंह, रुपक सिंह आदि रहेका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *