मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश कुमार सिंह राजपुत चयन ।

जनकपुर । २०८१ जेष्ठ २५, शुक्रवार

मधेश प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभासदस्य माननीय सतिशकुमार सिंह राजपुत चयन हुनुभएको छ ।

मुख्यमन्त्री सिंह जनमत पार्टीको तर्फबाट सप्तरी क्षेत्र नम्बर २ को १ बाट १६ हजार ७३४ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

नेता सिंह यस अघिको स्थानीय निर्वाचनबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो । खेलकुदमा विशेष रुचि राख्ने नेता सिंह नेपाल क्रिकेट संघ मधेश प्रदेशका सदस्य समेत हुनुहुन्छ।

राजनीतिक जीवनको प्रारम्भमै पालिका अध्यक्षदेखि प्रदेश मुख्यमन्त्रीसम्मको यात्रा तय गर्न सफल नेता सिंह सप्तरी कोइलाडी निवासी बाछिल राजपुत हुन् ।

युवा नेता सिंह राजपुत समाजका हितैषी र सहयोगी रहँदै आउनुभएको छ । उनका पिता शेखर कुमार सिंह पनि राजनीतिमा हुनुहुन्छ र उनी अहिले राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । नेपाली राजनीतिक इतिहासमा पितापुत्रको यो सफलता सकारात्मक र उदाहरणीय बनेको छ ।

राजपुत समाज नेपालको तर्फबाट नवनिर्वाचित मुख्यमन्त्री सिंहको कार्यकालमा मधेश प्रदेशमा सुशासन र समृद्धि होस् भनेर हार्दिक बधाई तथा शुभकामना ।